सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँ घट्यो, चाँदीको यथावत

काठमाडौं, २० वैशाख । सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार मंगलबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको हो ।

सोमबार तोलाको ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन घटेर ९७ हजार २ सय रुपैयाँ कायम भएको छ ।

तेजावी सुनको मूल्य तोलाको ९६ हजार ७ सय रुपैयाँ कायम भएको छ । सोमबार तेजावी सुन तोलाको ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार चाँदीको मूल्य भने यथावत् रहेको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार २९० रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here