स्वतन्त्र उम्मेदवार बालेनमाथि केशव स्थापितले लगाए अर्को गम्भीर आरोप

काठमाडौं, २० वैशाख । काठमाडौं महानगरपालिकाका उम्मेदवारहरु एकले अर्कोलाई आरोप–प्रत्यारोप गर्ने क्रम बढेको छ ।

आरोप–प्रत्यारोप लगाउने क्रममा काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितले मेयरका अर्का उम्मेदवार बालेन शाहमाथि गम्भीर आरोप लगाएका छन् ।

मंगलबार काठमाडौं महानगरपालिका वडा नम्बर १० मा आयोजित कार्यक्रममा नेकपा एमालेका मेयरका उम्मेदवार स्थापितले आफ्ना प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार बालेन शाहमाथि महिला हिंसाको आरोप लगाए ।

शाहको शरीरमा आफ्नो टाउको भएको तस्वीर बनाएर ‘केशव स्थापितलाई जिताऊँ, लौरोमा भोट हालौं’ भनेर प्रचार गरेको उनको दाबी छ ।

शाहले आफ्नो खास परिचय लुकाएको आरोप समेत लगाएका स्थापितले बालेनका र्‍याप गीतलाई लिएर थप प्रश्न उठाएका हुन् । र्‍याप भन्दैमा मनपरी गर्न नपाइने तर्क गर्दै स्थापितले बालेनको र्‍याप गीतले महिलामाथि हिंसा गरेको आरोप लगाए ।

मंगलबार काठमाडौँमा मतदातासँग अन्तरक्रिया गर्दै स्थापितले भने, ‘र्‍याप भन्दैमा मनपरी गर्न पाइन्छ ? उनको (बालेनको) र्‍यापमा महिलामाथि के के बोलेका छन् हेर्नुस् त, महिलामाथि हिंसा भएको छ ।’

स्थापितले सामाजिक सञ्जालमामार्फत आफ्नो दुष्प्रचार गरेर बालेनले आफूविरुद्ध नाजायज काम समेत गरेको आरोप पनि लगाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here