३०९४ जनाको परीक्षण गर्दा ३२ जना कोरोना संक्रमित थपिए, २३ जना संक्रमण मुक्त

काठमाडौं, २० वैशाख । नेपालमा पछिल्लो २४ घण्टामा ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ५०४ जनाको पीसीआर परीक्षण गर्दा २९ जना र १ हजार ५९० जनाको एन्टिजेन परीक्षण गर्दा ३ गरी ३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७८ हजार ८६५ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा २३ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ६६ हजार ६९७ पुगेको छ । संक्रिय संक्रमितको संख्या २१७ रहेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९५१ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here