प्रमुख पदमा निर्विरोध हुनेमा एकीकृत समाजवादी अगाडि, संख्याका आधारमा एमाले पहिलो

काठमाडौं, २० वैशाख । वैशाख ३० गते हुने निर्वाचनमा यसपालि पाँच दलीय सत्तागठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेसहित गठबन्धन चुनावी मैदानमा छ।

गठबन्धन नगरी केही दल र स्वतन्त्रले पनि उम्मेदवारी दिएका छन्। आयोगका अनुसार एकीकृत समाजवादी प्रमुख पदमा सबैभन्दा धेरै सिटमा निर्विरोध निर्वाचित भएको छ।

यद्यपि कूल निर्विरोध संख्याका हिसाबले अन्य दल अगाडि छन्। निर्वाचन आयोगको तथ्यांकअनुसार ७५३ स्थानीय तहमध्ये एकीकृत समाजवादी दुई गाउँपालिका अध्यक्ष र एक गाउँपालिका उपाध्यक्षमा निर्विरोध निर्वाचित भएको छ।

त्यस्तै, उक्त पार्टीबाट ६ वडाध्यक्ष, १२ खुल्ला सदस्य, ७ महिलासदस्य, ६ दलित महिलासदस्य गरी कूल ३४ निर्विरोध निर्वाचित भएका छन्।

प्रमुख पदमा निर्विरोध निर्वाचित हुनेमा एमाले दोस्रो स्थानमा छ। एमालेबाट एक गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष, १४ वडाध्यक्ष, २६ खुला सदस्य, २३ महिला सदस्य र ५७ दलित महिला सदस्य गरी कुल १२३ जना निर्विरोध निर्वाचित भएका छन्।

त्यसपछि प्रमुख पदमा निर्विरोध निर्वाचित हुनेमा एमाले दोस्रोमा देखिएको छ । तर, संख्याका आधारमा हेर्ने हो भने एमाले निर्विरोध निर्वाचित हुने पहिलो दल बनेको छ ।