उम्मेदवारहरूको सूची सार्वजनिक: काठमाडौं महानगरमा मेयर पदमा ५५ जना, उपमेयरमा ३० जनाबीच भिडन्त

फाइलफोटो

काठमाडौं, २१ वैशाख । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा विभिन्न पदका उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ ।

चुनावी कार्यक्रमअनुसार आयोगले वैशाख ११ र १२ गते मनोनयन दर्तापछि १६ गते नै अन्तिम नामावली प्रकाशित गर्नुपर्ने भएपछि २० गतेमात्रै सार्वजनिक गरेको हो ।

यसअघि विभिन्न प्राविधिक कारणले उम्मेदवारहरूको सूची प्रकाशनमा ढिलाइ भएको आयोगले जनाएको थियो । यो सूचीमा पनि केही थपघट हुन सक्ने आयोगको भनाई छ ।

विद्युत, इन्टरनेटलगायतका समस्याका कारण एकीकृत रुपमा नामावली सार्वजनिक गर्न ढिलाइ भएको आयोगले जनाएको छ ।

जसमा काठमाडौं महानगरपालिकाको मेयर पदका लागि ५५ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारको सूचीअनुसार देशकै राजधानी रहेको काठमाडौं महानगरपालिकामा ५५ जनाले मेयर पदमा उम्मेदवारी दिएका हुन् । यस्तै ३० जनाले उपमेयर पदमा उम्मेदवारी दिएको आयोगले सार्वजनिक गरेको अन्तिम नामावलीमा उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here