त्रिभुवन विमानस्थलमा शंकास्पद वस्तु रहेको आशंका, आन्तरिक टर्मिनल खाली गराइयो

काठमाडौं, २१ बैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा बम रहेको हल्लापछी आन्तरिक उडानका सबै यात्रुहरुलाई बाहिर निकालिएको छ ।

शंकास्पद वस्तु रहेको भनेर अज्ञात व्यक्तिबाट फोन आएपछि डोमेस्टिक टर्मिनल खाली गरिएको हो । आन्तरिक उडानका सबै यात्रुहरुलाई विमानस्थलको मुख्य गेटबाट बाहिर निकालिएको छ ।

हाल सेना परिचालन गरेर विमानस्थलमा सर्च गरिएको छ । तालिमप्राप्त कुकुरसहितका सुरक्षाकर्मीहरुले विमानस्थलमा सर्च गरेका हुन् । अन्तरराष्टिय उडान भने सुचारु रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here