एक हप्तामा वाणिज्य बैंकहरुको निक्षेप संकलन १ अर्बमा सीमित, ऋण प्रवाह बढ्यो

काठमाडौं, २२ वैशाख । पछिल्लो हप्ता वाणिज्य बैंकहरुले निक्षेप संकलन घटेको छ ।

नेपाल बैंकर्स संघको तथ्यांक अनुसार वाणिज्य बैंकहरुमा एक हप्तामा निक्षेप १ अर्बमा सीमित भएको छ ।

गत सातामा कुल ४३ खर्ब ६७ अर्ब रुपैयाँ रहेको वाणिज्य बैंकहरुको निक्षेप बैशाखको तेस्रो सातामा कुल ४३ खर्ब ६८ अर्ब रुपैयाँ पुगेको हो ।

यस्तै, वाणिज्य बैंकहरुको कर्जा लगानी तीन अर्ब रुपैयाँले बढेको हो ।

गत बैशाखको दोस्रो सातामा कुल ४१ खर्ब ९४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरुले बैशाखको तेस्रो सातामा ४१ खर्ब ९७ अर्ब रुपैयाँ कर्जा लगानी गरेका हुन् ।

त्यस्तै, १६ दिनको अवधिमा बैंकहरुको कर्जा प्रवाह शुन्यमा झरेको छ । चैत मसान्तसम्म बैंकहरुले ४१ खर्ब ९७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । वैशाख शाख १६ गतेसम्म आइपुग्दा पनि सोही अवस्थामा कर्जा प्रवाह वितरण गरेका छन् ।

नेपाल बैंकर्स संघका अनुसार सीडी रेसियो ९०.९९ प्रतिशत रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here