शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकममा सुधार

काठमाडौं, २२ वैशाख । शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

साताको कारोवारको अन्तिम शेयर बजार मापक सूचक (नेप्से) ३७.०६ अंकले घटेर २३३८.६२ विन्दुमा झरेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २३२ कम्पनीको १ अर्ब ६५ करोड ४५ लाख ६१ हजार ४७२ रुपैयाँ बराबरको ४६ लाख ७४ हजार ९४० कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा बढेको छ । तुलनामा कारोबार रकम ३९ करोडले बढेर डेढ अर्ब नाघेको छ ।

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएको छ । फाइनान्स समूह सबैभन्दा धेरै २.९४ प्रतिशतले घटेको छ । त्यस्तै, होटल, विकास बैंक, हाइड्रोपावर, निर्जीवन बीमा समूह पनि २ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज करोबारमा आएको २३२ कम्पनीमध्ये जम्मा ८ कम्पनीको सेयर मूल्य बढेको छ भने २१४ कम्पनीको मूल्य घटेको छ । १० कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

आज सूर्य लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको साढे ८ करोड रुपैयाँकोे सेयर किनबेच भएको छ । त्यसैगरी, एनआइसी एशिया बैंक साढे ६ करोड र नबिल बैंक साढे ४ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

उच्च अंकले घटेको बजारमा आज जाल्पा लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका शेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

घट्दो बजारमा आज एभरेष्ट इन्स्योरेन्सको प्रमोटर शेयरधनीले सबैभन्दा धेरै ७.१३ प्रतिशत गुमाएका छन् । त्यसैगरी, घलेम्दी हाइड्रोपावर, मैलुङ खोला, शिव श्री र युनियन हाइड्रोपावरको शेयर मूल्य साढे ६ प्रतिशतभन्दा धेरैले घटेको छ ।

त्यस्तै, ग्रीन भेन्चर्स, पञ्चकन्या माइ र बुद्धभूमि नेपालको ६ प्रतिशतले घटेको छ भने नेपाल फाइनान्स, लिबर्टी इनर्जी, इमजिङ नेपाल, प्रिमियर इन्स्योरेन्स, सान्जेन हाइड्रोपावरका शेयरधनीले साढे ५ प्रतिशत गुमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here