‘एमाले हाम्रो प्रतिद्वन्द्वी, ओली प्रवृत्तिको लागि माओवादीसँगको सहकार्य’- रामचन्द्र पौडेल

काठमाडौं, २२ वैशाख । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमाले हाम्रो प्रतिद्वन्द्वी भनेर बुझ्न आग्रह गरेका छन् । पाँच दलीय सत्ता गठबन्धनको भरतपुरमा जारी चुनावी सभा सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।

पौडेलले नेकपा एमालेसँग कांग्रेसको प्रतिस्पर्धा भएपनि नेकपा माओवादीसँग नरहेको बताएका छन् ।

‘साथीहरूले बुझ्नुपर्‍यो एमाले हाम्रो प्रतिद्वन्द्वी हो, माओवादी होइन । माओवादीसँग सहकार्य गर्नु हाम्रो आवश्यकता हो । एमालेसँग हामीले नै प्रतिस्पर्धा गर्नुपर्छ’, पौडेलले भने ।

निर्वाचनपछि गठबन्धन सरकार नै चलाउनुपर्ने बाध्यता रहेको भन्दै पौडेलले पहिले नै मिल्ने अभ्यास गर्न जरुरी रहेको बताए ।

उनले तालमेल प्रति असन्तुष्ट समूह आफ्नो तर्कको सामना गर्न तयार नभएको पनि बताए। ‘तर्कलाई तर्कको रुपमा सामना गर्न तयार हुनुहुन्न जस्तो लाग्यो,’ बिहीबार बिहान विद्रोही उम्मेदवार जगन्नाथ पौडेलसँग भएको भेटबारे जानकारी दिँदै उनले भने, ‘भावनामा असन्तुष्टि व्यक्त गरेर उत्रेको जस्तो लाग्यो।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here