भरतपुरका कांग्रेसलाई प्रचण्डले भने-‘गठबन्धन राष्ट्रिय आवश्यकता हो भनेर हँसिया हथौडामा भोट नहाले देश दुर्घटनामा जान्छ’

काठमाडौं, २२ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन राष्ट्रिय आवश्यकता हो भनेर कांग्रेसले हँसिया हथौडामा भोट नहाले देश दुर्घटनामा जाने बताएका छन् ।

भरतपुरमा गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

भरतपुरमा गठबन्धनले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले भने, ‘०७४ को निर्वाचनमा रुख वालाले हँसिया हथौडा भोट हाल्न गाह्रो मानेको देखियो।

गठबन्धनलाई १०र१५ बर्ष लाने शेरबहादुरजीसँग सहमति भएको थियो। तर मैले सहज देखिनँ।

स्थानीय तहको चुनावमा वामपन्थी मिल्दा चुनावमा भोट हाल्ने यही पो ठीक होकि भनेर देउवाजी यहीँ हुनुहुन्छ। मैले भनेर गएको हो। भोट ट्रान्सफर गर्न चितवनका जनतालाई गाह्रो भयो।’

त्यस्तै हँसिया हथौडा र चार तारे झण्डा एकै ठाउँमा उभिएपछि नेपालमा प्रजातन्त्र पुनः स्थापना भएको स्मरण गरेका हुन् ।

‘लाल सलाम र जय नेपालको सम्बन्धको सुरुआत २०४६ सालको ऐतिहासिक जनआन्दोलनबाट सुरु भएको हो ।

त्यसभन्दा अगाडि वामपन्थी र प्रजातन्त्रवादीबीच सहकार्य हुने विषय अलि नकारात्मक मानिन्थ्यो । २०४६ सालको जनआन्दोलनको सन्दर्भमा हँसिया हथौडा र चार तारे झण्डा एकसाथ भएपछि मात्रै प्रजातन्त्र पुनः स्थापना भयो’, उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here