आइसीसीलाई कोका–कोलाको प्रायोजन

क्लाउडपत्रिका
काठमाडौं, २० माघ
अन्तरराष्ट्रिय क्रिकेट काउन्सील (आइसीसी)का विश्वव्यापी गतिविधिलाई अब कोकाकोलाले प्रायोजन गर्ने भएको छ । कोकाकोला र आइसीसीबीच विश्वव्यापी प्रायोजन गर्ने सन्दर्भमा साझेदारी भएको हो । कोका–कोला विश्वव्यापी रणनीतिक साझेदारीका रुपमा आईसीसीको ५ वर्षका लागि आधिकारीक पेय पदार्थ पाटर्नर बनेको कम्पनीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

कोकले २०१९ मा इंग्ल्यान्ड र वेल्समा आयोजना हुने आईसीसी पुरुष विश्व कप प्रतियोगिता, २०२० मा अस्ट्रेलियामा आयोजना हुने पुरुष तथा महिला टि–ट्वान्टी विश्वकप, न्यूजिल्यान्ड र भारतमा क्रमशः २०२१ र २०२३ मा आयोजना हुने आईसीसी महिला विश्वकप र आईसीसी पुरुष विश्वकप प्रायोजन गर्ने समझदारी भएको हो ।

कोकाकोला लामो समयदेखि विश्व खेलकुद गतिविधिमा साझेदारीसहित जोडिने गरेको छ । कोकले ८० वर्षदेखि ओलम्पिक, २५ वर्षदेखि विश्वकप रग्बी तथा ५० वर्षदेखि फिफामा साझेदारी गरेको छ ।

नेपालमा पनि खेलकुद विकासका क्षेत्रमा कोका–कोलाले साथ दिदै आएको छ । एभरेष्ट प्रिमियर लिगमा कोकाकोलाको साथ थियो । त्यसबाहेक कोकले विगत १० वर्षदेखि यूवा तथा खेलकूद मन्त्रालय र अखिल नेपाल फुटबल एसोसियशन (एन्फा)सँग सहकार्य गरेर जिल्लास्तरीय र अन्तर स्कुल फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here