न्यून चापीय प्रणालीको प्रभाव: केही दिनयता दैनिक वर्षा, सतर्कता अपनाउन आग्रह

काठमाडौं, २३ वैशाख । केही दिनयता दैनिक वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाको अनुसार हाल नेपालमा स्थानीय वायु र भारतको मध्य प्रदेशदेखि पश्चिम बंगालको समथर भूभागमा बनेको न्यून चापीय प्रणाली प्रभाव छ।

हाल मौसमको अवस्था

हाल प्रदेश नं १, बागमति प्रदेश र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। बागमती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरुमा साथै बाकी प्रदेशका पहाडी भुभागका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित वर्षा भइरहेको छ।

२०७९ वैशाख २३ गते (शुक्रबार)

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश, गणडकी प्रदेशका केही स्थानहरूमा साथै लुम्बिनी र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भू-भागमा सामान्यतया मौसम सफा रहने छ। प्रदेश १ , बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

वैशाख २४ गते (शनिबार)

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागका केही स्थानहरूमा र बाकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती : देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशको अन्य भू-भागमा सफा रहने छ। प्रदेश १ र बागमती प्रदेशको पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

वैशाख २५ गते (आइतबार)

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागका केही स्थानहरूमा र बाकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती : देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशको अन्य भू-भागमा सफा रहने छ। प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश, गणडकी प्रदेशका केही स्थानहरूमा साथै लुम्बिनी र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here