सबैको लघुवित्तको नाफा घट्यो, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं, २३ वैशाख । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ९.७५ प्रतिशत घटेर ७ करोड १५ लाख ३८ हजार रुपैयाँ आर्जन गरेको छ ।

गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ७ करोड ९२ लाख ७० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक बर्षको ९ महिनामा लघुवित्तको खुद ब्याज आम्दानी ३१.०२ प्रतिशत बढेर १९ करोड १७ लाख ८४ हजार रुपैयाँ आर्जन गरेको छ ।

गत आहर्थिक बर्षको सोही अवधिमा लघुवित्तले १४ करोड ६३ लाख ६९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यस अवधिमा लघुवित्तको कूल सञ्चालन आम्दानी २७.७३ प्रतिशत बढेर २५ करोड ६३ लाख ७९ हजार रुपैयाँ र सञ्चालन नाफा १२.४९ प्रतिशत बढेर ९ करोड १४ लाख ९७ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ३१ प्रतिशत बढेर २७ करोड रुपैयाँ, जगेडा कोष ४२ प्रतिशत बढेर १३ करोड २३ लाख ९९ हजार रुपैयाँ, सापटि रकम ३६.४२ प्रतिशत बढेर २ अर्ब ९६ करोड ३४ लाख ४२ हजार रुपैयाँ, निक्षेप ५२.८२ प्रतिशत बढेर १ अर्ब २५ करोड १६ लाख २६ हजार रुपैयाँ र कर्जा ४६.७५ प्रतिशत बढेर ४ अर्ब ५५ करोड १० लाख ८३ हजार रुपैयाँ पुगेको छ ।

यस अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ९७ पैसा घटेर ३५ रुपैयाँ ३३ पैसा सिमित भएको छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ १४९.०४ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ३४.११ गुणा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here