चुनावका दिन अत्यावश्यक बाहेकका सवारीसाधन चलाउन पास अनिवार्य, कसरी लिने पास ?

काठमाडौं, २३ वैशाख । वैशाख ३० गते स्थानीय तहको चुनाव हुने दिन सार्वजनिक सवारीसाधन चलाउन नपाइने भएको छ । निर्वाचन आयोगका अनुसार सो दिन अत्यावश्यक सेवाका बाहेक सवारीसाधन चलाउन नपाइने भएको हो ।

सार्वजनिक बाहेक काम विशेषले सञ्चालन गर्नुपर्ने सवारीले अनिवार्य रूपमा जिल्ला निर्वाचन अधिकृतको कार्यालयबाट पास लिनुपर्नेछ ।पास बिनाका सवारीसाधन चलाउन रोक लगाउन आयोगले सरकारलाई आग्रह गरेको छ ।

आयोगका अनुसार एम्बुलेन्स, खानेपानीको ट्याङ्कर, दमकल, दूरसञ्चार सेवा, शव बाहन, अस्पताल सेवा तथा विद्युत सेवा जस्ता अत्याश्यक सेवा र कुटनीतिक नियोग (नम्बर प्लेटमा सिडी) उल्लेख भएको कुटनीतिक नियोगको सवारीसाधनले पास लिनुपर्दैन।

आयोगले शारीरिक अपाङ्गता भएका व्यक्तिहरुलाई पनि मतदान केन्द्रसम्म पुग्न सवारीको प्रयोग गर्न पाउने गरी मापदण्ड तय गरेको छ।

शारीरिक अपाङ्गता भएका व्यक्तिहरुको लागि सम्बन्धित स्थानका मुख्य निर्वाचन अधिकृतले सवारी पास दिनुपर्नेछ। अनुमति पाएको सवारी पासमा त्यस्ता व्यक्तिबाहेक एकाघरको अर्का एक जना साथीले मतदान केन्द्रसम्म जान आउन पाउने व्यवस्था छ।

यस्तै अन्तर्राष्ट्रिय हवाई उडानको माध्यमबाट यात्रा गर्ने यात्रुले पासपोर्ट, भिसा र हवाई टिकटको माध्यमबाट विमानस्थलसम्म र विमानस्थलदेखि बासस्थानसम्म आवागमन गर्न दिने भएको छ।

यस्तै, अन्य सवारी साधनहरुलाई पनि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले अनुमति दिने गरी अधिकार दिईएको छ। पत्रकारको हकमा काठमाडौं उपत्यकामा सूचना विभागको कार्डका आधारमा प्रमुख जिल्ला अधिकारीले अनुमतिपत्र जारी गर्नेछ।

पास कसरी लिने, पास लिन कस्तो मापदण्ड चाहिन्छ?