ओप्पोले ल्यायो मे महिनामा ‘ए ७६’ मोबाइलमा विशेष अफर

काठमाडौं । स्मार्टफोन कम्पनी ओप्पोले मे महिनामा ए ७६ मोबाइलमा विशेष अफर ल्याएको छ। अफरमार्फत ग्राहकले ओप्पो ए–७६ किन्दा अन्य यी ३ उत्पादनहरुमा २ हजार रुपैयाँको छुट प्राप्त गर्ने कम्पनीले जनाएको छ।

यसअन्तर्गत ओप्पो फिटब्यान्ड पहिलेको बजार मूल्य ५ हजार ५९९ रुपैयाँ पर्नेमा अब मात्र ३ हजार ५९९ रुपैयाँमा पाउनेछन्।

त्यस्तै, ओप्पो डब्ल्यु३१ पनि ४ हजार ९९० रुपैयाँमा पाउनेछन्। यसको पहिलेको बजार मूल्य ६ हजार ९९० रुपैयाँ रहेको थियो। त्यसैगरी ओप्पो डब्ल्यू५१ मा पनि विशेष छुट पाउनेछन्। कम्पनीका अनुसार पहिले ८ हजार ९९० मा पाइनेमा अब मात्र ६ हजार ९९० रुपैयाँमा आउनेछ।

कस्तो छ ए ७६ फोन ?

ओप्पोे ए–७६ मा ६.५६ इन्चको पन्च–होल स्क्रिनलाई परिस्कृत गर्दै यसमा अझ प्रतिक्रियात्मक ९० हर्ज रिफ्रेस रेट र १८० हर्ज टच स्याम्प्लिङ रेट डिस्प्लेका साथ उपलब्ध छ।

प्रयोगकर्ताहरुलाई उत्पादनमूलक रहन तथा विना रोकावट मनोरञ्जन प्रदान गर्न सकियोस् भन्ने उद्देश्यका साथ यसमा ३३ वाट सुपरभोक चार्जिङसहितको ५ हजार एमएएच क्षमताको ब्याट्री पनि जडान गरिएको छ।

ओप्पोे ए–७६ मा १.१२ माइक्रो र एफ २.० एपर्चर सहितको ८ एमपी फ्रन्ट क्यामेरा राखिएको छ। यसमार्फत ३२६४*२४४८ रिजोल्युसन सम्मको पोट्र्रेट सटहरु लिन सकिन्छ। यो फोनमा ए–आई नेचुरल रिटचिङ ब्युटिफिकेशन प्रविधि परिष्कृत गरिएको कम्पनीको भनाइ छ।

यसले प्रयोगकर्ताको प्राकृतिक अनुहारका बनावटलाई सुरक्षित राख्दै फ्रन्ट क्यामेराको लागि दाग हटाउने सुविधा समावेश गरिएको छ। यसमा भएको ३६० डिग्री फिल लाइटको सहायताले मधुरो वातावरणमा पोट्र्रेट शटहरु अझ उज्यालो र स्पष्ट लिन सकिन्छ र यसमा ब्युटी इफेक्ट्स फोनको माथिल्लो भागमा सुपरईम्पोज गरिएको छ।

यसबाहेक, यो स्मार्टफोन ९० हर्ज रिफ्रेस रेट र १८० हर्ज टच स्याम्प्लिङ रेट डिस्प्लेका साथ परिस्कृत गरिएको छ, जसले भिडियो हेर्न र गेम खेल्दा आनन्दको अनुभव दिन्छ। फिंगरप्रिन्ट सेन्सर फोनको छेउमा राखिएको छ, पातलो फिंगरप्रिन्ट सेन्सर र छेउमा बटनहरु भएकोले फोन हल्का, पातलो र थप सहज अनुभव सहित अझ परिस्कृत पनि देखिन्छ। ओप्पोे ए–७६ नेपाली बजारको मूल्य मात्र २९ हजार ९९० रुपैयाँ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here