‘जित्नु हार्नु ठुलो कुरा होइन, गठबन्धन भन्दा प्रतिगमन बलियो छ नी…!’- चित्रबहादुर केसी

काठमाडौं, २३ वैशाख । सत्तारुढ पाँच दलीय गठबन्धनमा आवद्ध राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा एमालेलाई कमजोर नसोच्न आग्रह गरेका छन् ।

गठबन्धनका तर्फबाट शान्तिबाटिकामा जारी सत्ता गठबन्धनको चुनावीसभामा सम्बोधन गर्दै केसीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रतिगमनको विरुद्ध गठबन्धन बनेको भएपछि उनलाइृ कमजोर नठान्न आग्रह गरेका हुन् ।

‘निर्वाचन एक हप्ता बांकी छ। हुन्न कि भन्ने डर लागिरहेको थियो। कसले जित्छ हार्छु भन्ने ठूलो होइन। जनताबाट चुनिएका जनप्रतिनिधिबाट शासित हुनुपाउनुपर्छ’ उनले भने।

केसीले काठमाडौँ महानगरपालिकाबाट जाने सन्देशले देशभर असर पर्ने जिकिर गरेका छन्। महानगरपालिकाको सन्देशले देशभर असर पर्ने जिकिर उनले गरेका हुन्।

‘काठमाडौँ मुलुकको महत्वपूर्ण ठाउँ हो। महानगरपालिकाबाट जाने सन्देश देशभर र अन्तराष्ट्रिय स्तरमा असर पर्छ,’ अध्यक्ष केसीले भने, ‘मेयर महत्वपूर्ण ओहोदा हो।

उनले राष्ट्रिय जनमोर्चा राष्ट्रवादी पार्टी भएको बताए। ‘अरु पार्टीसँग विक्यो भनेर अनर्गल प्रचार गरिएको छ । गणतन्त्र, धर्म निरपेक्षता सिद्धिने र हिजोका उपलब्धी सिद्धिने भएपछि हाम्रै पार्टीले प्रतिगमनका विरुद्धमा गठबन्धन गर्नुपर्छ भनेर आवाज उठाएको हो,’ उनले भने।

नेता केसीले मेयरमा सिर्जना सिंहले विजयी प्राप्त गरेर काठमाडौं महानगरलाई सुशासन कायम गर्ने विश्वास व्यक्त गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here