श्रीलंकामा प्रदर्शन थेग्न नसकेपछि राष्ट्रपतिले लगाए संकटकाल

कोलम्बो,२४ वैशाख । श्रीलंकाका राष्ट्रपतिले मुलुकमा प्रदर्शन साम्य हुन नसकेपछि संकटकाल घोषणा गरेका छन् ।

यस घोषणाको अमेरिका र युरोपेली सङ्घले आलोचना गरेका छन् । सरकारविरुद्ध भइरहेका प्रदर्शन भइरहेको समयमा श्रीलङ्काका राष्ट्रपति गोटबय राजपक्षलेले संकटकाल घोषणा गरेको बीबीसीले लेखेको छ ।

राष्ट्रपति राजपक्षले गत रातिबाट लागु हुने गरी सङ्कटकालको घोषणा गरेका छन् । गम्भीर आर्थिक सङ्कटसँग गुज्रिरहेको श्रीलङ्कामा मानिसहरूले औषधिसहित अत्यावश्यक सामग्रीहरू प्राप्त गर्न सङ्घर्ष गरिरहेको खबर छ ।

बीबीसीका अनुसार शुक्रवार बसेको मन्त्रिपरिषद्को एउटा विशेष बैठकपछि सङ्कटकाल लगाउने निर्णय लिइएको थियो।

कोलम्बोस्थित अमेरिकी राजदूत जुली चुङले मानिसहरूको आवाज सरकारले सुन्नुपर्ने बताइन्। उनले ट्विटरमा लेखेकी छन्, ‘अर्को सङ्कटकालको अवस्थाबाट चिन्तित छु।

शान्तिपूर्ण नागरिकहरूका आवाज सुनिनुपर्छ, श्रीलङ्कालीहरू बेहोरिरहेको वास्तविक चुनौतीहरूसँग जुझ्न र देशमा सबैका लागि समृद्धि र अवसर रहने बाटोमा फर्काउन दीर्घकालीन समाधानको आवश्यकता पर्छ। सङ्कटकालीन अवस्थाले त्यसलाई मद्दत गर्दैन्।’

युरोपेली सङ्घले सङ्कटकालले श्रीलङ्काका अप्ठेराहरू हल गर्न मद्दत नगर्ने बरु त्यो प्रत्युत्पादक हुनसक्ने चेतावनी दिएको छ। उसले भनेको छ, ‘एक महिना लामो शान्तिपूर्ण प्रदर्शनले दक्षिण एशियाको पुरानो लोकतन्त्रमा कसरी श्रीलङ्काली नागरिकहरूले आफ्नो अभिव्यक्ति स्वतन्त्रतालाई पूर्ण रूपमा अनुभूत गरिरहेका छन् भन्ने देखिएको थियो।’

राष्ट्रपति राजपक्षको कार्यालयले सार्वजनिक सुरक्षालाई मध्यनजर राख्दै सङ्कटकाल लगाइएको जनाएको थियो। विदेशी मुद्रा सञ्चितमा गम्भीर सङ्कट बेहोरिरहेको श्रीलङ्काले खाद्यान्न, इन्धन र औषधि आयात गर्न गम्भीर समस्या भोगिरहेको छ। योभन्दा अघि पनि श्रीलङ्काका राष्ट्रपतिले गएको एप्रिल २ मा सङ्कटकाल लगाएका थिए जसलाई उनले एप्रिल ५ मा फिर्ता लिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here