स्थानीय चुनाव: यी हुन् निर्विरोध भएका ३९० जना उम्मेदवार, सबैभन्दा धेरै एमालेबाट (सूचीसहित)

काठमाडौं । स्थानीय तह निर्वाचनको मतदानअघि नै तीन जना गाउँपालिका अध्यक्षसहित ३९० जना जनप्रतिनिधि निर्विरोध निर्वाचित भएका छन् ।

एउटा मात्रै उम्मेदवारी परेपछि निर्वाचन आयोगले निर्विरोध निर्वाचित भएको घोषणा गरेको छ।

निर्विरोध निर्वाचित हुने सबैभन्दा धेरै नेकपा (एमाले) बाट उम्मेदवारी दिएका जनप्रतिनिधि रहेका छन् । एमालेबाट एक गाउँपालिका अध्यक्ष र २ उपाध्यक्षसहित १३८ जना निर्विरोध भएका छन् ।

दोस्रोमा नेपाली कांग्रेसबाट एक गाउँपालिका उपाध्यक्षसहित ११५ जना निर्विरोध भएका छन् ।

तेस्रोमा नेकपा (माओवादी केन्द्र) बाट ६० जना निर्विरोध भएका छन् ।

आयोगका अनुसार, अब चुनावी प्रतिस्पर्धामा एक लाख ४५ हजार १० जना उम्मेदवार छन्। नेकपा (एकीकृत समाजवादी) बाट २ जना गाउँपालिका अध्यक्ष र एक जना उपाध्यक्ष निर्विरोध भएका छन् ।

३४ जना निर्विरोध भएको एकीकृत समाजवादीका ६ जनामात्रै वडा अध्यक्ष निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै ३६ जना स्वतन्त्र उम्मेदवार पनि निर्विरोध निर्वाचित भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here