शुक्रवार सबै आन्तरिक उडान बन्द हुने, अन्तर्राष्ट्रिय उडान अवतरण भने यथावत

काठमाडौं, २५ वैशाख । स्थानीय तहको निर्वाचनका दिन सबै आन्तरिक वायु सेवा कम्पनीहरुको नियमित उडान सेवा बन्द हुने भएको छ।

वायु सेवा सञ्चालक संघले आइतबार विज्ञप्ति जारी गर्दै शुक्रबार सेवा बन्द गर्ने निर्णय गरेको हो । संघका अनुसार मानवीय उद्धार, सहायता र सरकारको निर्देशनबाहेक अन्य उडान सबै बन्द हुनेछ ।

‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदान हुने दिनको सवारी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७९’ बमोजिम हवाई सेवा बन्द हुन लागेको हो। यद्यपि अन्तर्राष्ट्रिय उडान भने यथावत रहने विज्ञप्तिमा भनिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here