दोहोरो अंकले बढ्यो नेप्से, धेरै कमाउने फाइनान्स समूहका लगानीकर्ता

काठमाडौं, २५ वैशाख । शेयर बजार दोहोरो अंकले बढेको छ । केही दिनदेखि ओरालो लागेको बजारमा साताको कारोबारको पहिलो दिन दोहोरो अंकको सुधार आएको हो ।

आइतवार बजार मापक सूचक नेप्से १७.५६ अंकले बढेर २२७५.५७ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज २३३ कम्पनीको १ अर्ब ३२ करोड ६४ लाख २१ हजार ६७१ रुपैयाँ बराबरको ३३ लाख ४१ हजार २४१ कित्ता शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ वटा समूह समूहको परिसूचक मध्ये २ राताम्मे भएको छ भने ११ वटा बढेको छ । फाइनान्स समूह सबैभन्दा धेरै ३.३५ प्रतिशतले बढेको छ ।

आज नागरिक लगानी कोषको सर्वाधिक कारोबार भएको छ । यसको साढे ७ करोड रुपैयाँकोे सेयर किनबेच भएको छ । त्यसैगरी, हिमालयन डिस्ट्रीलरीको साढे ४ करोड र नबिल बैंक ४ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

दोहोरो अंकले बढेको बजारमा आज जाल्पा लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका शेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

त्यसैगरी, घलेम्दी हाइड्रोपावर ८.८२, माउन्टेन इनर्जी ८.६६, हिमालयन ऊर्जा ७.५८, श्री इन्भेष्टमेन्ट ७.०८, साहस ऊर्जा ६.५१, ज्योति लाइफ, नेपाल हाइड्रो डेभलपर, जोशी हाइड्रोपावर, आँखुखोला, खानीखोला र सिनर्जी डेभलपमेन्ट कम्पनीको शेयर मूल्य ६ प्रतिशतले बढेको छ ।

नेप्सेका अनुसार आज उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था र एनआईसी एसिया सेलेक्ट फण्डका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य करिब ४ प्रतिशतले घटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here