वैशाख २७ गतेदेखि मदिरा बिक्री वितरणमा रोक

काठमाडौं, २५ वैशाख । जिल्ला प्रशासन कार्यालय काठमाडौंले स्थानीय तह निर्वाचन सुरक्षालाई लक्षित गरी काठमाडौंमा वैशाख २७ गतेदेखि ३० गते साँझसम्म मदिरा बिक्री वितरणमा रोक लगाएको छ ।

आइतवार एक सूचना जारी गर्दै वैशाख ३० गते हुने निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न मादक पदार्थ बिक्री वितरण तथा तथा सेवनमा रोक लगाइएको जनाएको हो ।

यस्तै, प्रशासन कार्यालयले मतदानको दिन अत्यावश्यक सेवामा सञ्चालित र अनुमति लिएका सवारी साधानबाहेक अरुलाई विहान ६ बजेदेखि मतदान नसकिँदासम्म सञ्चालनमा रोक लगाएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here