सामान्य उकालो लाग्यो सुन, तोलाको ९८ हजार ७ सय

फाइलफोटो

काठमाडौं, २६ बैशाख । सोमबार सुनचाँदी बजारमा सुनको मूल्य सामान्य बढेको छ । अघिल्लो दिनका तुलनामा आज छापावाल सुन प्रतितोला रु १०० ले बढेर रु ९८ हजार ७०० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

आइतबार स्थानीय बजारमा छापावाल सुन प्रतितोला रु ९८ हजार ६०० मा कारोबार भएको थियो ।

आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार २०० छ । यसको मूल्य आइतबार प्रतितोला रु ९८ हजार १०० थियो ।

त्यस्तै सोमबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा स्थिर रही प्रतितोला रु एक हजार २८५ कायम रहेको महासंघले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here