जनकराज शर्मा बने सनराइज बैंककाे प्रमुख कार्यकारी अधिकृत

काठमाडौं, २९ असार । सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा जनकराज शर्मा पौड्याल नियुक्त भएका छन् ।

सनराइज बैंकको सञ्चालक समितिको बैठकले आइतबार पौड्याललाई सीईओमा नियुक्त गरेको हो ।

पौड्याल यसअघि ग्लोबल आइएमई बैंकको सीईओ थिए ।

यसअघि सनराइज बैंकको सञ्चालक समितिको बैठकले निरज श्रेष्ठलाई सीईओ नियुक्त गरे पनि सञ्चालकहरुको कुरा नमिल्दा श्रेष्ठले कार्यभार सम्हालेका थिएनन् ।

सञ्चालक समितिले उनलाई आगामी ४ बर्षका लागि सीईओमा नियुक्त गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here