१२ अंकले बढ्यो नेप्से परिसुचक, १ अर्ब ३९ करोडको कारोबार

काठमाडौं, २६ वैशाख । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक १२ अंकले उकालो लागेको छ । आज नेप्से परिसुचक १२।२७ अंकले उकालो लाग्दा नेप्से विन्दु २२ सय ६८ मा पुगेर रोकिएको हो ।

सोमबार बजारमा कारोबार भएका समुहमध्ये होटल तथा पर्यटन, विकास बैंक, जीवन बीमा र म्युचुअल फण्ड बाहेकका समुहहरु उकालो लागेका छन् ।
आज उकालो लाग्ने समुहमध्ये सबैभन्दा बढी लघुवित्त समुहको परिसुचक रहेको छ ।

आज लघुवित्त समुहको परिसुचक ६०,बीमा समुह ५७, बजारमा सबैभन्दा बढी प्रभुाव पार्ने बैंकिङ समुहको परिसुचकमा आज १४ अंक तथा जलविद्युत समुहको परिसुचक १२ अंकले बढेको छ ।

सोमबार २ सय २२ कम्पनीका ३३ लाख २४ हजार ८ सय २२ कित्ता सेयरबाट १ अर्ब ३९ करोड ६ लाख ७ हजार कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here