अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरिँदै, उडान नियमित

२७ वैशाख, काठमाडौं । आज राती १२ बजेबाट सबै अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने भएको छ । स्थानीय तह निर्वाचनको दिन मतदान सकिएपछि मात्र नाका खुल्ने छ । तर, यस अवधिमा अन्तर्राष्ट्रिय उडान भने नियमित हुने भएको छ ।

स्थानीय तह निर्वाचन सुरक्षाका लागि सरकारले मध्यरातिदेखि मतदान हुने दिनसम्म सीमाबाट हुने आवागमन बन्द गर्ने निर्णय गरेको हो । मतदानको दिनभन्दा अगाडिको ७२ घण्टालाई मौन अवधि मानिन्छ । मौन अवधिमा अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने र चुनाव प्रचार गर्न बन्देज लगाउने गरिन्छ ।

सीमावर्ती जिल्लाका प्रशासन कार्यालयहरुलाई आज मध्यरातिदेखि सीमा नाका बन्द गर्न भनिसकिएको गृह मन्त्रालयले जनाएको छ । गृहमन्त्रालयको निर्देशन अनुसार जिल्ला प्रशासन कार्यालयले सीमा नाका बन्द भएको सूचना जारी गर्नेछन् । नेपालका ४२ जिल्ला चीन र भारतसँग जोडिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here