तोलाको ९८ हजारमा झर्यो सुनको भाउ, चाँदीमा पनि गिरावट

काठमाडौं,२७ बैशाख । मंगलबार सुनको मूल्य तोलाको ९८ हजार रुपैयाँ भएको छ । सोमबार ९८ हजार ७ सयमा किनबेच भएको सुन आज ७ सय रुपैयाँले घटेको हो ।

मंगलबार चाँदी तोलामा १० रुपैयाँले घटेको छ। मंगलबारका लागि प्रतितोला कारोबार मूल्य १२ सय ७५ रुपैयाँ भएको छ । सोमबार प्रतितोला १२ सय ८५ रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनचाँदी दुवैको मूल्यमा पुनः गिरावट देखिएको छ । मंगलबार सुन प्रतिऔंस १८६२.८१ डलर छ भने चाँदी २२.०५ डलर छ। सोमबार सुन प्रतिऔंस १८७१.७९ डलर र चाँदी प्रतिऔंस २२.२४ डलर थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here