इण्टरनेट सेवा प्रदायक रोयल नेटवर्कको अनुमतिपत्र खारेज

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले इण्टरनेट सेवा प्रदायक रोयल नेटवर्क प्रालिको अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ । राययले अनुमतिपत्र नवीकरणका लागि निवेदन नदिएको तथा बक्यौता रकम पनि नबुझाएको भन्दै प्राधिकरणले बुटवलस्थित रोयल नेटवर्क प्रालिको लाइसेन्स खारेज गरेको हो ।

प्राधिकरणले मंगलबार गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै रोयलको लाइसेन्स खारेज गरेको जानकारी गराएको हो । इण्टरनेट (इमेलसहित) सेवाको अनुमतिपत्र पाएको रोयल नेटवर्कले नवीकरणका लागि नियमानुसार निवेदन नदिएकोले दूरसंचार ऐन, २०५३ दफा २५ (५) बमोजिम अनुमतिपत्र स्वतस् खारेज गरिएको प्राधिकरणले बताएको छ ।

‘ रोयल नेटवर्कले इण्टरनेट सेवा संचालन गरे वापत सरकार र प्राधिकरणलाई नियमानुसार बुझाउनुपर्ने रोयल्टी तथा ग्रामीण दूसरंचार विकास कोष दस्तुर र वित्तीय विवरण बुझाउन जानकारी गराइन्छ,’ प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ।

बक्यौता नतिरे उक्त रकम सरकारी बाँकी सरह कानूनअनुसार असुलउपर गरिने चेतावनीसमेत प्राधिकरणले दिएको छ। प्राधिकरणले २०७४ वैशाखमा रोयल नेटवर्क प्रालिलाई इण्टरनेट (इमेलसहित)को अनुमतिपत्र जारी गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here