शेयर बजारमा उच्च अंकको वृद्धि, चार कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं, २७ वैशाख । साताको कारोबार तेस्रो दिन शेयर बजारमा हरियाली छाएको छ ।

मंगलवार शेयर बजार मापक सूचक (नेप्से) ४४.१६ अंकले बढेर २३१३.४७ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २२६ कम्पनीको १ अर्ब ३५ करोड ६६ लाख ८७ हजार ४६८ रुपैयाँ बराबरको ३३ लाख ३० हजार १५० कित्ता शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ समूहको परिसूचक हरियो भएको छ । आज बरुण हाइड्रोपावर कम्पनी, न्यादी ग्रुप पावर कम्पनी, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।

युनिभर्सल पावर कम्पनी, दिव्यश्वरी हाइड्रोपावर र नेशनल हाइड्रोपावर कम्पनीको शेयरमूल्य शेयरमूल्यमा उच्च वृद्धि भएको हो । यी कम्पनीको शेयरमूल्य सर्किट लेभलमा बढेका छन् ।

नेप्सेका अनुसार एनआईबीएल समृद्धि फण्डका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य करिब ५ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी न्यादी ग्रुप पावर कम्पनीको भएको छ । यस कम्पनीको आज ९ करोड ९८ लाख भन्दा बढीको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here