चुनावमा काठमाडौंमा पर्यटन बोर्डले सःशुल्क सटल बस सेवा सञ्चालन गर्ने, यस्तो छ रुट

Photo: THT

काठमाडौं । पर्यटन बोर्डले अन्तर्राष्ट्रिय हवाई यात्रुलाई स्थानीय तह निर्वाचनमा सःशुल्क सटल बस सेवा सञ्चालन गर्ने भएको छ ।

नेपाल पर्यटन बोर्डले नेपाल पर्यटक यातायात व्यवसायीहरुसँगको समन्वयमा सटल बस सेवा सञ्चालन गर्न लागेको हो ।

हवाई यात्रुलाई विमानस्थल र होटलबीच हुन सक्ने यातायातको असुविधालाई ध्यानमा राखी नेपाल पर्यटन बोर्डले पर्यटक प्रहरीको सहयोग र व्यवसायीको समन्वयमा यस्तो सुविधा दिन लागेको जनाइएको छ ।

बस त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलदेखि विभिन्न होटल तथा होटलदेखि विमानस्थलसम्म चल्ने छ । यस्तो बसको शूल्क ३ सय रुपैयाँ तोकिएको छ ।

स्थानीय तहको निर्वाचनमा सार्वजनिक तथा निजी सवारी साधन बन्द हुनेछन् । आन्तरिक उडान समेत बन्द हुने यस दिन अन्तर्राष्ट्रिय उडान भने नियमित हुनेछन् ।

यस्तो छ रुट

रुट १
एअरपोर्ट-एनएसी-होटल अन्नपूर्ण-होटल याक एण्ड यति-ठमेल चोक-लैनचौर चोक-शंकर होटल -एम्बासडर होटल -एअरपोर्ट

रुट २
एअरपोर्ट-होटल र्याडिशन-सांग्रिला होटल-नारायण गोपाल चोक-महाराजगंज चोक-हायात रिजेन्सी-चाबहिल चोक-होटल द्धारिका-एअरपोर्ट

रुट ३
एअरपोर्ट- तीनकुने चोक-होटल एभरेष्ट-माइतिघर चोक-होटल हिमालयन-होटल सोल्टी-ग्रान्ड होटल -एअरपोर्ट ।

सटल बस सेवावापत प्रति व्यक्ति रू. ३०० (तीनसय) शुल्क लाग्ने र उक्त शुल्क सेवा दिंदाका बखतमा सम्बन्धित सेवादाताले नै लिने समेत जानकारी गराईन्छ ।

थप जानकारीको लागि निम्न व्यक्तिहरुलाई सम्पर्क गर्न सकिने जनाएको छ ।

१. भरत प्रसाद तिमिल्सना ९८५१२३७३०२ (Nepal Tourist Vehicle Association, NTVA)
२. केदारनाथ कट्टेल ९८५१०७७४६८ (Nepal Tourist Vehicle Association, NTVA)
३. मिलन नेपाल, ९८५११४८०५७ (Tourist Bus Association of Nepal, TBAN)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here