मतदाता परिचयपत्र नभएकाले कुन कागजात देखाएर भोट हाल्न पाइन्छ ?

फाइलफोटो

काठमाडौं, २७ वैशाख । मतदाता परिचयपत्र नभएर भोट हाल्नबाट बञ्चित हुनु भएको छ ? चिन्ता नलिनुस् । स्थानीय तहको चुनावमा मतदाता परिचय पत्र लिन नपाएकाका लागि नागरिकता देखाएर भोट हाल्न पाउने भएका छन् ।

स्थानीय तहको चुनावका लागि तयार पारिएको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले कुनै कारणवशः मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा प्राप्त गरेका मतदाताले परिचयपत्र हराएमा वा नष्ट भएमा मताधिकार सुनिश्चित गर्न आयोगले यस्तो निर्णय लिएको हो ।

आयोगका अनुसार फोटोसहितको मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदाता परिचयपत्रका अतिरिक्त नेपाली नागरिकताको प्रमाणपत्र वा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्रका आधारमा पनि मतदान गर्न पाउनेछन् ।

आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पनि मतदाता नामावलीमा भएका व्यक्तिहरूले मतदान गर्न पाउने भएको बताए।

‘स्थानीय तहमात्रै होइन सबै तहको चुनावको पहिलो शर्त भनेको मतदाता नामावली हो। मतदाता नामावलीको पूर्व शर्त भनेको नागरिकताको प्राप्ति हो।

त्यसकारण नागरिकता प्राप्त गरेर वडा विभाजनभित्र परेका ६ हजार ७४३ वडा भित्रका सबै नागरिकले जो मतदाता छन्। मतदान गर्न पाउने गरी निर्वाचनको व्यवस्था गरिएको छ,’ उनले पत्रकार सम्मेलनमा भने।

यसैबीच आयोगले वैशाख २८ र २९ गते मतदानस्थलमै मतदाता शिक्षा दिने तयारी गरेको छ । वैशाख ३० गते एकै चरणमा पालिका चुनाव हुँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here