शेयर बजारमा उच्च अंकको वृद्धि, धेरै कमाउने फाइनान्स र जलविद्युत समूहका लगानीकर्ता

काठमाडौं, २८ वैशाख । साताको कारोबार चौंथो दिन शेयर बजार उच्च अंकले बढेको छ । बुधवार शेयर बजार मापक सूचक (नेप्से) ५६.६ अंकले बढेर २३६९.०६ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २२९ कम्पनीको २ अर्ब १६ करोड ३९ लाख ९० हजार ७४३ रुपैयाँ बराबरको ५३ लाख ३३ हजार १०९ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि बढेको छ । मंगलवार १ अर्ब ३२ करोड ६४ लाख २१ हजार ६७१ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ समूहको परिसूचक हरियो भएको छ । दोहोरो अंकले बढेको बजारमा बैंकिङ २३ , होटल तथा पर्यटन ५२ अंक, माइक्रोफाइनान्स १५३ अंकले बढेको छ । निर्जीवन बीमा २४३, जलविद्युत १३० अंकले बढेको छ ।

विकास बैंक १५०, फाइनान्स ७४, उत्पादन समूह ७०,जीवन बीमा समूह २१७ ,अन्य उपसमूह ३१ अंक र लगानी समूह २ अंकले बढेको छ ।

९ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । ६ कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने अन्यको सर्किट लेभलमा बढेको छ ।

नेपाल फाइनान्स, नेशनल हाइड्रो, सिनर्जी पावर डेभलपमेन्ट, राद्यी विद्युत कम्पनी, युनिभर्सल पावर कम्पनी र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

त्यस्तै, आज गणपति लघुवित्त वित्तीय संस्था, युनियन हाइड्रोपावर, बरुण हाइड्रोपावर कम्पनी, इमर्जीङ नेपाल, अरुण काबेली पावर कम्पनी र पाँचथर पावर कम्पनीको पनि मूल्यमा उच्च वृद्धि भएको छ । यी कम्पनीको शेयरमूल्य आज ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावर डेभलेपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको आज १० करोड ५९ लाख भन्दा बढीको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here