गोरखामा सर्वदलीय बैठकबाटै कांग्रेसका प्रतिनिधि खुकुरीसहित प्रहरी नियन्त्रणमा

फाइल तस्बिर

काठमाडौं, २८ वैशाख । प्रहरीले गोरखामा सर्वदलीय बैठकबाटै कांग्रेसका एकजना प्रतिनिधि खुकुरीसहित नियन्त्रणमा लिएको छ ।

स्थानीय तह निर्वाचनलाई लक्षित गरी गण्डकी गाउँपालिकामा बोलाइएको सर्वदलीय बैठकमा कांग्रेसका प्रतिनिधि मनोज गुरुङ खुकुरीसहित पक्राउ परेका हुन्।

बुधवार बिहान वडा नम्बर ६ स्थित तोमनडाडा आधारभूत विद्यालयमा बोलाइएको बैठकमा सहभागी हुन झोला बोकेर पुगेका गुरुङलाई शंका लागेर झोला चेकजाँच गर्दा खुकुरी भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीको नियन्त्रणमा रहेका गुरुङ र घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ । निर्वाचनका समयमा कुनै पनि प्रकारका हतियार प्रदर्शन तथा बोक्न नपाइने व्यवस्था रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here