मध्यान्हसम्म ३० प्रतिशत भन्दा बढी मत खस्यो, विभिन्न स्थानमा झडप जारी

फाइलफोटो

काठमाडौं, ३० बैसाख । शुक्रबार भइरहेको दोस्रो स्थानीय तह निर्वाचनमा मध्यान्ह १२ बजेसम्म ३० प्रतिशतभन्दा बढी मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

यसैवीच बझाङको जयपृथ्वी नगरपालिका, वार्ड नं ७ र केदारसिंह गाउँपालिका, वार्ड न. ४ को एक मतदान केन्द्रमा तनाव भएको छ । त्यहाँ स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको छ ।

त्यस्तै बाराको पचरौता नगरपालिका, वार्ड नं २ मा पनि झडप हुँदा केहीबेर मतदान स्थगित भएको छ ।

त्यसैगरी महोत्तरीको बलवा नगरपालिका, वाडं नं ५को महावीर मतदान केन्द्र, धनुषाको शहिदनगर नगरपालिकाको एक मतदान केन्द्र, र रौतहटको फलुवा विजयपुर नगरपालिकामा पनि विवाद भएको छ । ति स्थानमा प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाइ फायर गरेको छ ।

साथै ओखलढुंगाको चम्पादेवी गाउँपालिका, वार्ड नं ९ मा नेपाली काँग्रेस र नेकपा एमालेका कार्यकर्तावीच हात हालाहाल भएको छ भने बाराको सिम्रोनगढ नगरापिालका, वार्ड नं २, बैरियामा नेका र लोकतान्त्रिक समाजवादी पार्टीका कार्यकर्तावीच झडप भएको छ ।

दैलेकको ठाटीकाँध गाउँपालिका र हुम्लाको अदानचुली गाउँपालिकाका मतदान केन्द्रमा पनि विभिन्न दलका कार्यकर्ता झडपमा उत्रिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here