नेप्से स्थिर, साढे १० लाख कित्ता सेयर कारोबार

काठमाडौं २९ असार । आइतवार नेप्से परिसूचक करिब स्थिर जस्तै देखिएको छ ।

अघिल्लो दिनको तुलनामा ०.९५ अंकको मात्र सुधार देखिएकाले विश्लेषकहरुले यसलाई स्थिरको संज्ञा दिएका हुन ।

योसँगै नेप्से परिसूचक १ हजार २ सय ४९.४९ अंकमा बन्द भएको छ ।

कारोबारमा आएका मध्ये धेरै समूहहरुको सूचक बढेको कारण नेप्से परिसूचक बढेको हो ।

आइतवार कारोबारमा आएका मध्ये होटल, विकास बैंक, जलविद्युत, अन्य, जीवन बिमा र सामुहिक लगानी कोषको परिसूचक बढ्यो भने बैकिङ्ग, फाइनान्स, र्निजीवन बिमा, उत्पादन र लघुवित्तको परिसूचक घट्यो ।

आइतबार १ सय ६१ कम्पनीको १० लाख ४२ हजार ६ सय ४६ कित्ता शेयर किनबेच हुदाँ २८ करोड ५२ लाख १४ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

आइतवार सबैभन्दा धेरै कमाउनेमा माहुली लघुवित्त वित्तीय संस्थाका शेयर धनी रहेका छन् । माहुलीको शेयर मूल्य ९.९० प्रतिशतले बढ्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here