झडपका कारण स्थगित भएको रामेछापको राकाथुममा मतदान सुरु हुन सकेन

फाइल फोटो

काठमाडौं । रामेछापको खाँणादेवी गाउँपालिकाको राकाथुममा स्थगित भएको मतदान सुरु हुन सकेको छैन । झडपका कारण स्थगित भएको मतदान प्रक्रिया राजनीतिक दलहरुबीच सहमति जुट्न नसक्दा पुनः सुरु हुन नसकेको हो ।

प्रमुख निर्वाचन अधिकृत दिवाकर भट्टका अनुसार खाँणादेवी–१को राकाथुममा थप सुरक्षा फोर्स पठाइएको छ । मतदान केन्द्रमा दुई पक्षबीच झडप भएपछि नियन्त्रणका लागि प्रहरीले ७ राउण्ड हवाई फायर गरेको थियो ।

झडपका कारण स्थगित भएको मतदान सुरु गराउन सकिने नसकिने विषयमा कुरा भइरहेको प्रमुख निर्वाचन अधिकृत भट्टले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here