काठमाडौं महानगरपालिकामा मतगणना शुरु

काठमाडौं, ३१ बैशाख । काठमाडौं महानगरपालिकामा मतगणना शुरु भएको छ ।

मतगणना राष्ट्रिय सभागृहमा विहान करिब पौने ९ बजेदेखि मतगणना शुरु भएको हो ।

काठमाडौं महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट सिर्जना सिंह, नेकपा एमालेबाट केशव स्थापित, राप्रपाबाट मदनदास श्रेष्ठ र स्वतन्त्र उम्मेदवार बालेन साह उम्मेदवार छन् ।