प्रधानमन्त्री देउवाको वडामा कांग्रेसको प्यानलै विजयी

काठमाडौं । नेपाली कांग्रेसका सभापत्ती एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेको पालिका गन्यापधुरा गाउँपालिका–४ मा नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार नरेन्द्र भट्ट प्यानलसहित विजयी भएका छन् ।

शनिबार माओवादीका उम्मेदवार कुवँर प्रधानसँग दुई सय ५० मत अन्तरले कांग्रेसका उम्मेदवार भट्ट विजयी भएका हुन् । गत निर्वाचनमा माओवादीका उम्मेदवार विजयी भएका थिए ।

उनी लगायत विजयी भएका सदस्यहरुलाई निर्वाचन अधिकृतको कार्यालयले भने विजयी घोषणा गर्न बाँकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here