८ वटा पालिकाको नतिजा सार्वजनिक: एमाले ,कांग्रेस ४|४

File

काठमाडौं, ३१ बैशाख । शुक्रबार भएको स्थानीय निर्वाचनको आज विभिन्न स्थानमा मतगणना भइरेहेको छ । काठमाडौं तथा भरतपुर, विराटनगर महानगरपालिकामा पनि मतगणना शुरु भइसकेको छ ।

बुटवल, नेपालगञ्ज, घोराही, जितपुर सिमरा, हेटौँडा, जनकपुरधामलगायतका उपमहानगरसहित अरु धेरै पालिकामा मतगणना भइरहेको छ ।

अहिलेसम्म ८ वटा पालिकाको नतिजा सार्वजनिक हुँदा प्रमुखमा एमालेले ४ तथा कांग्रेस र एकीकृत समाजवादीले २ र २ ठाउँमा जित हासिल गरेका छन् ।

हाल मतगणना भइरहेकामध्ये ४० भन्दा बढी पालिकामा कांग्रेसले अग्रता लिएको छ । एमालेले ३० वटाभन्दा बढी, माओवादी केन्द्रले १२ वटाभन्दा बढी र एकीकृत समाजवादीले १ पालिकामा अग्रता लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here