प्रयाेगकर्ताकाे सूचना बिक्री गरेकाे आरोपमा फेसबुकमाथि ५ अर्ब डलर जरिवाना

काठमाडाैं, २९ असार । अमेरिकाकाे संघीय व्यापार आयोग (एफटीसी) ले फेसबुकमाथि प्रयाेगकर्ताहरूकाे व्यक्तिगत सूचना चुहाएकाे मुद्दामा पाँच अर्ब अमेरिकी डलर जरिवाना तिराउन सिफारिस गरेकाे छ ।

जरिवाना रकम कुनै पनि प्रविधि कम्पनीमाथि गरिएकाे अहिलेसम्मकै ठूलो हो । फेसबुकमाथि लगाइएको जरिबाना रकम तिराउने वा नतिराउने विषयमा भने अमेरिकी न्याय विभागले अन्तिम फैसला गर्नेछ ।

गत मार्च २०१८ मा फेसबुकका ८ कराेड ७० लाख भन्दा बढी प्रयाेगकर्ताकाे गाेप्य सूचना राजनीतिक परामर्शदातृ कम्पनी क्याम्ब्रिज एनालाइटिकाले अवैधानिक रूपमा प्राप्त गरेकाे कुरा सार्वजनिक भएको थियो ।

याे काण्ड चर्चामा आएपछि एफटीसीले सामाजिक सञ्जाल फेसबुक विरूद्ध आफ्ना प्रयोगकर्ताको व्यक्तिगत सूचनाकाे गोप्यता र सुरक्षामा कायम नगरेकाे भन्दै छानबीन गर्दै आएकाे छ ।

यस विषयमा फेसबुकका कार्यकारी अधिकृत मार्क जुकरबर्ग अमेरिकी संसदमा उपस्थित भएर सिनेटहरूका प्रश्नकाे उत्तर दिएका थिए । त्यसपछि याे मुद्दामा एफटीसीले छानबीन गर्दै फेसबुकलाइ दाेषी ठहर्याएकाे हाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here