त्रिवेणी गाउँपालिका–१ मा माओवादीबाट बागी उम्मेदवारी दिएका प्यानल नै विजयी

काठमाडौं, ३१ वैशाख । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–१ मा बागी उम्मेदवारको प्यानलै विजयी भएको छ । वडाध्यक्षमा माओवादी केन्द्रबाट बागी उम्मेदवारी दिएका सुन्दर ओली विजयी भएका छन् । उनी माओवादी केन्द्रकै लक्ष्मण ओलीलाई हराउँदै विजयी भएका हुन् ।

उनी उक्त वडामा माओवादी केन्द्रका लक्ष्मण र कांग्रेसका उम्मेदवार मुस्कान ओलीसँग प्रतिस्पर्धा गरेका थिए । सुन्दरले ५ सय ७७ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी लक्ष्मणले ४ सय १७ मत ल्याए । अन्य ४ सदस्यमा पनि बागीतर्फकै उम्मेदवार निर्वाचित भएका छन् ।

सदस्यमा कमला बोहरा, लालसरा कामी, खड्कबहादुर पुन र पूर्णबहादुर बुढा निर्वाचित भएका छन् । उनीहरूले धारा चुनाव चिन्हमा चुनाव लडेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here