प्रधानमन्त्रीको वडामा कांग्रेस पराजित, कांग्रेस बीपीका उम्मेदवार निर्वाचित

काठमाडौं ३१ वैशाख । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको वडामा नेपाली कांग्रेस (बीपी)का उम्मेदवार विजयी भएका छन्।

डडेल्धराको गन्यापधुरा गाउँपालिकाको वडा १ मा नेपाली कांग्रेस (बीपी)का उम्मेदवार नरेशराज भण्डारी निर्वाचित भएका हुन्।

एमालेसँग तालमेल गरेको कांग्रेस बीपीले देउवाको गृह वडामा नरेश भण्डारीलाई अध्यक्षको उम्मेदवार बनाएको थियो ।

देउवाको गृह पालिका गन्यापधुरा–१ मा पर्दछ । उक्त वडाबाट कांग्रेस बीपीबाट विजयी भण्डारीले ६७३ मत ल्याएका छन् । उनीसँग कांग्रेसका उम्मेदवार चन्द्रबहादुर देउवा पराजित भए । चन्दले ५४४ मत ल्याएका थिए । कांग्रेस बीपीले करुवा चुनाव चिह्नबाट निर्वाचनमा प्रतिस्पर्धा गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here