काठमाडौंमा बालेन भन्दा स्थापित र सिंह धेरै पछि, कुन वडामा कति मत पाए ?

काठमाडौं, १ जेठ । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन (बालेन्द्र) साहले अग्रता कायमै राखेका छन्।

अहिले वडा नम्बर १, २, ३, ४ र ३२ को मतगणना जारी रहेकामा यी सबै वडामा बालेनले अग्रता लिएका हुन्।

पछिल्लो मतपरिणाम अनुसार उनले २ हजार ६०१ मत पाएका छन्।

उनलाई पछ्याइरहेका नेकपा एमालेका केशव स्थापितले एक हजार ४१५ मत पाएका छन्। गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकी सिर्जना सिंहले एक हजार ३५९ मत पाएकी छन्।

उपमेयरतर्फ भने एमालेकी सुनिता डंगोलले फराकिलो अग्रता लिएकी छन्। उनले २ हजार मत ल्याउँदा गठबन्धनबाट उम्मेदवारी दिएका एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ५८० मत ल्याएका छन्।

वडा नम्बर १ मा बालेन ५ सय ५० मतसहित पहिलो स्थानमा छन्। ३ सय ५० मतसहित नेपाली कांग्रेसकी सिर्जना सिंह दोस्रो र २ सय ७३ मतसहित नेकपा एमालेका केशव स्थापित तेस्रो स्थानमा छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here