एमालेको विजय जुलुसमा प्रयोग भएको गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु

काठमाडौं, २ जेठ । नेकपा एमाले दार्चुलाको विजय र्‍यालीमा प्रयोग भएको गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।

शैल्यशिखर नगरपालिका–६ ग्यानीमा सोमवार बिहान साढे ९ बजे हाइस माइक्रो बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो ।

गोकुलेश्वरबाट ग्यानीतर्फ गइरहेको से १ ज २७७ नम्बरको माइक्रो बस सडकबाट ५ मिटर तल रोल खोलामा खसेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा शैल्यशिखर ६ ग्वानी बस्ने वर्ष २३ का चालक प्रकाश धामी, सहचालक २२ वर्षीय नविनसिंह धामी र गाडीमा सवार १९ वर्षीय हरिशसिंह धामी रहेका छन्।

उनीहरुको घटनास्थलमै मृत्यु भएको हो। माइक्रो बस गोकुलेश्वरबाट नेकपा एमालेको विजयी जुलुसमा सहभागी हुनेहरुलाई ल्याउन ग्यानी गएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here