मोदीले भने ‘नेपाल प्राचिन सभ्यताको प्रतिक हो, बुद्धको जन्मभूमि आउँदा छुट्टै आनन्द आउँछ’

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई नेपाल आउँदा छुट्टै आनन्द आउने बताएका छन् ।

लुम्बिनीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री मोदीले नेपाल प्राचिन सभ्यताको प्रतिक रहेको भन्दै यहाँ आउँदा आफू अत्यन्तै खुसी हुने बताए ।

मोदीले भगवान गौतम बुद्धको पवित्र जन्मस्थलमा आउने सौभाग्य मिलेको भन्दै खुसी व्यक्त गरे ।

मोदीले पटक–पटक गौतम बुद्ध लुम्बिनीमा जन्मिएको स्मरण गरे ।

‘आजको दिन लुम्बिनीमा सिद्धार्थ गौतमका रुपमा बुद्धको जन्म भयो । यही दिन बुद्धले बोधगयामा ज्ञान प्राप्त गर्नुभयो र त्यही दिन कुशीनगरमा महापरिनिर्वाण हुनु भयो’, मोदीले भने, ‘यो अद्भूत कुरा हो ।’

नेपाल आउँदा आफूलाई अरु राजनीतिक भ्रमण फरक आध्यात्मिक अनुभूति हुने मोदीको भनाइ थियो ।

उनले विगतमा आफूले जनकपुरधाम र मुक्तिनाथको यात्रा गरेको पनि स्मरण गरेका थिए । ‘भारतको राम नेपालविना अधुरो हुनुहुन्छ’, मोदीले भने, ‘हाम्रा धेरै सम्पदा र संस्कृतिहरु साझा छन् ।’ मोदीले भगवान बुद्धको जन्मस्थानमा बेग्लै प्रकारको चेतनाको महसुस हुने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here