फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, निगम भन्छ-पेट्रोलमा प्रतिलिटर २३ रुपैयाँ घाटा

काठमाडौं, २ जेठ । भारतीय आयल कर्पोरेसन (आइओसीे) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ ।

आइओसीले निगमलाई सोमबार (जेठ २ गते) पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको हो । नयाँ मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर ८, डिजेलमा प्रतिलिटर ४ र हवाई इन्धनमा ७ रुपैयाँ बढेर आएको छ ।

अब पेट्रोल खरिद लागत १९१.०२ रुपैयाँ र डिजेलको १८७ रुपैयाँ रहेको जनाइएको छ । अन्तर्राष्ट्रिय बजारमै पेट्रोलियम पदार्थको मूल्य बढेकाले भारतले पनि बढाएर पठाएको हो ।

निगमले स्थानीय चुनाव लगत्तै पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ मूल्य वृद्धि गरेको थियो । अहिले पेट्रोल प्रतिलिटर १७०, डिजेल र मट्टितेलको मूल्य १५३ रुपैयाँ रहेको छ ।

पेट्रोलियम पदार्थको विक्रीबाट आगामी १५ दिनमा मात्रै ४ अर्ब २९ करोड रुपैयाँ नोक्सानी हुने निगमको प्रक्षेपण छ ।

नयाँ मूल्यअनुसार यसबाहेक मट्टितेल प्रतिलिटर १४०.३६ रुपैयाँमा किनेर १५३ रुपैयाँमा बेच्दा १२.६४ रुपैयाँ प्रतिलिटर नाफा हुनेछ।

त्यस्तै हवाइ इन्धन १५०.५५ रुपैयाँमा किनेर १५६ रुपैयाँमा बेच्दा ५.४५ रुपैयाँ नाफा र हवाइ इन्धन (बाह्यतर्फ) १३१ रुपैयाँमा किनेर १.५४५ अमेरिकी डलरमा बिक्री गर्दा ६० रुपैयाँ नाफा हुने देखिएको छ।

एलपी ग्यासमा पनि निगमले प्रतिसिलिन्डर १ हजार ५० रुपैयाँ १८ पैसा घाटा रहने देखिएको छ। निगमले प्रतिसिलिन्डर ग्यास २ हजार ६ सय ५० रुपैयाँ १८ पैसामा किनेर १६ सय प्रतिसिलिन्डर बेच्दा उक्त घाटा हुने देखिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here