युनियन, गुँरास र प्राइम लाइफ इन्स्योरेन्सको शेयर कारोबार रोक्का

काठमाडौं, ३ जेठ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सूचीकृत ३ जीवन बीमा कम्पनीको सेयर कारोबार आजदेखि रोक्का हुने भएको छ ।

गत बिहीबार (वैशाख २९ गते) एक आपसमा मर्जरमा जाने सम्झौता गरेसँगै युनियन लाइफ इन्स्योरेन्स, गुँरास लाइफ इन्स्योरेन्स र प्राइम लाइफ इन्स्योरेन्सको शेयर कारोबार रोक्का हुने भएको हो ।

अब मर्जर प्रक्रिया टुंगएर एकीकृत कारोबार नहुन्जेल तीनै कम्पनीको शेयर खरिदविक्री गर्न पाइने छैन । मर्जरपछि यी ३ बीमा कम्पनीको शेयर कारोबार एउटै कम्पनीको नामबाट हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here