शेयर बजारमा पहिरो, धेरै गुमाउने फाइनान्स र अन्य समूहका लगानीकर्ता

काठमाडौं, ३ जेठ । साताको कारोबारको पहिलो दिन शेयर बजारमा पहिरो गएको छ ।

मंगलवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८४.९० अंकले घटेर २२६५.५२ विन्दुमा झरेको छ । आइतवार र सोमवार सार्वजनिक बिदाको कारण शेयर बजार बन्द रहेको थियो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २२१ कम्पनीको १ अर्ब ६४ करोड ४० लाख ९६ हजार १९२ रुपैयाँ बराबरको ३५ लाख ९५ हजार ७४८ कित्ता शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ समूहकै परिसूचक राताम्मे भएका छन् । धेरै गुमाउने फाइनान्स र अन्य लगानीकर्ता रहेका छन् । सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ४.९६ प्रतिशतले बढेको छ ।

त्यस्तै, आज युनाईटेड इन्स्यारेन्स कम्पनी, लुम्बिनी जनरल इन्स्योरेन्स र सुयोदय वोमी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् ।

यी कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको भएको छ । यस कम्पनीको आज ९ करोड ७९ लाख भन्दा बढीको कारोबार भएको छ ।

दोस्रोमा अरुण भ्यालीको ५ करोड ६९ लाख र तेस्रोमा सानिमा माइको ५ करोड ५६ लाको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here