९ महिनापछि संसद् अवरोधबाट पछि हट्यो एमाले

फाइलफोटो

काठमाडौं, ३ जेठ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदको अवरोध अन्त्य गरेको छ ।

एमाले उपमहासचिव तथा सांसद प्रदीपकुमार ज्ञवालीले त्यसको जानकारी संसद्‍मा गराएका हुन् ।

बजेट अधिवेशनको पहिलो दिन एमालेले संसद अवरोध हटाएको हो । एमालेले २३ भदौदेखि निरन्तर संसद अवरुद्ध गर्दै आएको थियो ।

सरकारले जेठ ७ मा नीति तथा कार्यक्रम ल्याउँदै छ । संयुक्त सदनमा राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन् ।

जेठ १५ मा सरकारले आउँदो वर्षको विनियोजन विधेयक ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । विनियोजन विधेयक ल्याउनुभन्दा १५ दिनअघि नै बजेट तयारीका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल गरियोस् भनी अर्थमन्त्रीले प्रस्ताव गर्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here