गण्डकी गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका दिपक तिमिल्सिना विजयी

गोरखा, ३ जेठ । गण्डकी गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका दिपक तिमिल्सिना विजयी भएका छन् ।

उनले नेपाली कांग्रेसका उम्मेदवार होम बहादुर रानालाई हराउँदै गाउँपालिका अध्यक्षमा विजयी भएका हुन् ।

त्यस्तै उपाध्यक्षमा भने नेपाली काँग्रेसकी ललिता अधिकारी विजय भएकी छिन् । उनी जनता समाजवादी पार्टीका उम्मेदवार भीम श्रेष्ठलाई पराजित गर्दै जित हासिल गरेकी हुन् ।

गण्डकी गाउँपालिकामा माओवादी र जसपाको गठबन्धन थियो । गण्डकी गाउँपालिकाका ८ वटा वडा मध्ये ६ वटा माओवादी र वडा नं. ३ नेपाली कांग्रेस र वडा नं. ४ एमालेले जितेको छ ।

वडा नं १ तोपमान गुरुङ मा.के., वडा नं २ यामबहादुर थापा मा. के., वडा नं ३ सुुवास पन्त ने. का., वडा नम्बर ४ राजु भन्डारी एमाले,वडा नं ५ पहलमान वयलकोटी मा. के.
वडा नं ६ तुलबहादुर गुरुङ मा.के., वडा नंं ७ तुलसी रेग्मी मा. के.वडा नं ८ कोकिल पुलामी मगर माकेका विजयी भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here