धितोपत्र बोर्डको नीति तथा कार्यक्रम सार्वजनिक आज

काठमाडौं ३०, असार । आज नेपाल धितोपत्र बोर्डले आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ । बोर्डले दिउसो साढे १ बजे नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको हो । बोर्डले गत वर्ष देखि नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको हो ।

कान्तिपथस्थित होटल यल्लो प्यागोडामा बोर्डले नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको हो । यस वर्षको नीति तथा कार्यक्रममा धितोपत्र बजारमा नयाँ औजारहरु थप गर्ने खालका कार्यक्रम ल्याउन लागेको बुझिएको छ ।

पुँजीबजारलाई आधुनिक, सरल र विश्वासनिय बनाउन विभिन्न कार्यक्रम तय गरिएको बोर्डले जनाएको छ ।

वित्तीय साक्षरता सम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन समेत सम्पन्न गरिसकेको बोर्डले यस सम्बन्धी व्यवस्थालाई समेत कार्यक्रममा समेटेर अघि बढ्ने नीति बोर्डले लिएको छ ।

धितोपत्र कारोबारमा गैरआवासीय नेपालीलाई भित्र्याउने, वस्तु विनियम बजारलाई व्यववीथत बनाउने पनि बोर्डको नीति छ । धितोपत्र कारोबारमा महिलालाई छुट, ब्रोकरको शाखा विस्तारको माग लगायतका कुरालाई समेत सम्बोधन गर्ने अपेक्षा गरिएको छ ।

पूँजीबजार सम्बद्ध सरोकारवालाले धितोपत्र प्राथमिक बजारसँगै दोस्रो बजारको पहुँच विस्तारलाई सहयोग पुर्याउने खालको नीतिगत व्यवस्था गर्न बोर्डलाई सुझाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here